२०८३ साउन १ , शुक्रबार

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान



संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।

शुक्रवार बसेको समितिको बैठकले प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको समितिका सभापति पशुपति शम्शेर जबराले बताए।

गत आइतवार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो।

सुशासन र निर्वाचन पद्धतिका बारेमा विज्ञता हासिल गरेका प्रधान २४ वर्षदेखि निरन्तर नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए।

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रबार