कालिकोटको शुभकालिका गाउँपालिकाका लेखापाल कृष्ण रोकायाले स्थानीय युवालाई निर्घात कुटपिट गरेका छन्।
बिहीबार साँझ करिब १० बजे गाउँपालिकाको वडा नं ६ का निमप्रसाद आचार्यलाई होटेलमा खाना खाई रहेको समयमा गाउँपालिकाका लेखापाल कृष्ण रोकाया र पशुसेवा शाखामा कार्यरत कर्मचारी नवीन शाहीले मदिरा सेवन गरी कुटपिट गरी सक्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
साँझको समयमा खाना खाई रहेका बेला आचार्य माथि लेखापाल र कर्मचारीले एक्कासि काँचको गिलास प्रहार गरेको होटेल संचालक दीर्घ शाहीले बताए।
कुटपिटमा संलग्न रोकाया र शाही दुवै जनालाई प्रहरीले नियन्त्रणमा लगेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रकाश केसीले जानकारी दिए।
उनका अनुसार घटनाको बारेमा थप जानकारी प्रहरीले लगिएको उनको भनाइ छ।
घाइते भएका आचार्यलाई जिल्ला अस्पताल कालिकोटमा उपचार सम्भव नभएपछि थप उपचारको लागी कणाली प्रदेश अस्पताल सुर्खेत निफर गरिएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ।
घाइतेको आँखा र टाउकोमा ठुलो चोट रहेको र यहाँ उपचार सम्भव नहुने भएपछि रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताए।
प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ।








