प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। शुक्रवार संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक बसिरहेको छ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारित हुनुअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
कांग्रेसले बजेट सरकार र सत्तारुढ दललाई केन्द्रित गरेर विनियोजन गरिएको भन्दै आलोचना गर्दै आएको छ।
प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रबार








