२०८३ साउन १ , शुक्रबार

राजदुत ‘भागबण्डा’प्रति रास्वपालाई पाण्डेको कटाक्ष



विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा)ले राजदुत भागबण्डामा सहभागी भएको विषयमा कटाक्ष गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै उनले कटाक्ष गरेका हुन्।

‘प्रिय रास्वपा, तपाईहरूले पनि राजदूतको भागबन्डामा २ वटा राजदूत पाउनुभयो भन्ने समाचार सुनेँ। पढेँ,’ उनले लेखेका छन्,‘जान्नेलाई छान्ने प्रचलनअनुरूप राम्रै मान्छे छान्नुहुन्छ होला। तर, तपाईहरूले राजदूत छान्दा सरकारलाई भागबन्डा नगरौँ, सक्षम मान्छे खोजेर सिफारिस गरौँ। सक्षम राजदूत (पार्टीकै भए पनि) छान्ने मापदण्ड बनाऔँ भनेर पो लबिङ गर्नुपर्थ्याे कि?’

पाण्डेले शिक्षामा बजेट बढाउन, विद्यालयमा दलीयकरणको अन्त्य गर्न, युवालाई उद्यमी बनाउने नीति ल्याउन लगायत विषयमा पहल गर्न ‘सरकार छाड्ने धम्की’ नै दिन परे पनि गठबन्धनमा ‘बार्गेनिङ’ गर्न सुझाव दिए।

‘यो गठबन्धनको अंक गणितको फाइदा उठाएर केहि नीतिगत, संस्थागत सुधार गर्ने मौका नगुमाउनुहोस् है। तपाईहरूलाई दोस्रो वार्षिकोत्सवको शुभकामना’, पाण्डेले अगाडि लेखेका छन्।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिबार