२०८३ असार १ , सोमबार

रास्वपा कर्णाली सभापति पदमा तिनकाे दावेदार



सुर्खेत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । पार्टी स्रोतका अनुसार वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेत (एनके) ले सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

सभापतिका लागि दाबेदार मानिएका प्रेम बोहोराको भने अहिलेसम्म उम्मेदवारी दर्ता नभएको जनाइएको छ । प्रदेश सभापति चयन प्रक्रियालाई लिएर रास्वपाभित्र चासो बढेको छ ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार