२०८३ साउन २ , शनिबार

‘म जादुगर हो’ भन्दै उफ्रिने काम प्रधानमन्त्रीलाई नै छाडिदिउँ: गगन



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘म जादुगर हो’ भने जसरी यता/उति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै छाडिदिन र कांग्रेस बलियो बनाउन तर्फ लाग्न पार्टी कार्यर्कताहरु समक्ष आग्रह गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

उनले भने ‘नेपाली कांग्रेसलाई तागत भएको पार्टी बनाउनु पर्छ। यता मिल्ने, उता मिल्ने, उसँग मिल्ने कुरा छोडिदिऔँ। म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ। यो उहाँहरूकै जिम्मा हो। यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौँ।’

महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबैलाई कांग्रेस पार्टी निर्माणमा लाग्न आग्रह गरे। आगामी निर्वाचनमा कम्तीमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरूलाई उनको आग्रह थियो।

उनले भने ‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिऊँ। एमाले, माओवादी, घण्टी, बण्टी, जो-जोले चलाएका छन्, चलाउन दिऊँ। चलाउन्। सरकारतिर हामी हेर्दै नहेरौँ। र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौँ, बलियो पनि बनाऔँ। तलैबाट पार्टीको एकता पनि गरौँ।’

महामन्त्री थापाले कांग्रेसले ०८४ मा कम्तीमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माण लाग्ने जनाए।

प्रकाशित मिति : २०८१ असार १२ गते मंगलबार