सरकारले युवालाई कृत्रिम बुद्धिमत्ता ९एआई० प्रविधिको प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १८ र १९ गते ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा तालिम सञ्चालन गर्न लागेको हो। तालिम चारवटा सत्रमा सञ्चालन हुनेछ। प्रत्येक सत्रमा ५०० जनाका दरले कुल २ हजार युवाले सहभागिता जनाउन पाउनेछन्। तालिम बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म र साँझ ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
तालिममा ऋजबतन्एत्, ऋबिगमभ लगायतका एआई उपकरण प्रयोग गर्ने तरिका, प्रभावकारी प्रम्प्ट लेखन, इमेल तथा प्रस्तुतीकरण तयार गर्ने सीप सिकाइनेछ। त्यसैगरी एआईको सहयोगमा तस्बिर तथा भिडियो निर्माण गर्ने र एआईबाट प्राप्त सूचनाको सत्यता जाँच गर्ने विषयलाई समेत समेटिनेछ।
पछिल्लो समय विभिन्न क्षेत्रमा एआई प्रविधिको प्रयोग बढ्दै गइरहेको सन्दर्भमा युवालाई यसको सही र प्रभावकारी उपयोग गर्न सक्षम बनाउने लक्ष्यसहित तालिम आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ। यस कार्यक्रमबाट युवालाई अध्ययन, रोजगारी तथा व्यावसायिक गतिविधिमा एआई प्रविधिको उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।








