सुर्खेत । नेपाली कांग्रेस पञ्चपुरी नगर कार्यसमितिको १५औँ नगर अधिवेशनबाट युवा नेता एव पञ्चपुरी नगरपालिका वडा न। २ का वडा अध्यक्ष समेत रहेका यामबहादुर बिसी नगर सभापतिमा निर्वाचित भएका छन् ।

पार्टीको नगर नेतृत्व सम्हाल्ने महत्वपूर्ण तथा गरिमामय जिम्मेवारीमा बिसी निर्वाचित भएसँगै पञ्चपुरी नेपाली कांग्रेसमा युवा नेतृत्वले प्राथमिकता पाएको देखिएको छ। संगठनलाई थप चलायमान बनाउने, कार्यकर्ताबीचको एकता र समन्वय मजबुत बनाउने तथा जनतासँग पार्टीको सम्बन्धलाई अझ नजिक बनाउने जिम्मेवारी अब बिसीको काँधमा आएको छ।
युवा पुस्तामाझ परिचित बिसीले पार्टी संगठनलाई बलियो बनाउन आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले पार्टीभित्र सबैलाई समेटेर अगाडि बढ्ने, कार्यकर्ताको भावना र सुझावलाई सम्मान गर्ने तथा पञ्चपुरीका नागरिकका सवाललाई प्राथमिकताका साथ उठाउने बबताएका छन् ।
नगर सभापतिमा बिसीको निर्वाचितसँगै नेपाली कांग्रेस पञ्चपुरीमा नयाँ ऊर्जा र उत्साह थपिएको कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले बताएका छन्। युवा नेतृत्वसँगै संगठनमा नयाँ सोच, सक्रियता र पुस्तान्तरणको अपेक्षा गरिएको छ।
पार्टीको संगठन विस्तारसँगै स्थानीय जनताका समस्या, विकास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषयलाई प्राथमिकतामा राखेर प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने चुनौती पनि नवनिर्वाचित नेतृत्वसामु रहेको छ।







