२०८३ असोज १६ , शुक्रबार

दशैं शुभकामना आदान–प्रदानसहित Ncell Hero Retailer Meet सम्पन्न



सुर्खेत ।  दशैंको शुभकामना आदान–प्रदानसहित Ncell Hero Retailer Meet कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एनसेलका नयाँ उत्पादन तथा सेवाका साथै ग्राहककेन्द्रित बिक्री प्रवर्द्धन र व्यवसाय वृद्धि गर्ने उपायबारे छलफल गरिएको छ।


कार्यक्रममा एनसेलका नयाँ उत्पादन तथा सेवाबारे जानकारी गराउँदै ग्राहकको आवश्यकता र रुचिअनुसार सेवा तथा उत्पादन बिक्री गर्ने तरिका, बिक्री प्रवर्द्धन तथा आम्दानी वृद्धि गर्न सकिने विभिन्न उपायबारे सहभागीलाई जानकारी दिइएको थियो।

त्यसैगरी, SIM Activation गर्दा अपनाउनुपर्ने सावधानी, अवैध गतिविधिबाट आफू तथा ग्राहकलाई सुरक्षित राख्ने उपाय र जिम्मेवार रूपमा सेवा प्रवाह गर्ने विषयमा समेत विशेष जानकारी तथा छलफल गरिएको थियो।
कार्यक्रममा HBK का सञ्चालक हर्षविक्रम खड्का तथा एनसेलका प्रदेश प्रमुख मनोज जोशीको प्रत्यक्ष सहभागिता रहेको थियो।

कार्यक्रमले Ncell Hero Retailer हरूलाई व्यवसाय विस्तार, ग्राहक सेवामा सुधार तथा सुरक्षित र जिम्मेवार रूपमा SIM बिक्री तथा सेवा प्रवाह गर्न थप प्रेरणा र मार्गदर्शन प्रदान गरेको आयोजकले जनाएको छ। दशैंको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूबीच शुभकामना आदान–प्रदानसमेत गरिएको थियो।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार