२०८३ असोज २६ , सोमबार

एमाले केन्द्रीय कमिटीमा मनोनीत १३ सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत भएका १३ जना सदस्यलाई शपथ ग्रहण गराएका छन् ।

पार्टीको स्थायी कमिटी बैठकले असोज २४ गते उनीहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अध्यक्ष ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पद तथा जिम्मेवारीको शपथ गराएका हुन् ।

केन्द्रीय कमिटीमा मनोनीत हुनेमा श्रृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन् ।शपथ ग्रहणसँगै उनीहरूले नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यका रूपमा औपचारिक जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार