काठमाडौं। नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेकी छन्।
उनी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न बेत्रावती पुगेकी हुन्। अवलोकनका क्रममा भण्डारीले फलाखू खोलामा निर्माण गरिएको बेलिब्रिजको निरीक्षण गरेकी छन्। गत भदौ १० गते आएको बाढीले उक्त खोलामा रहेको पुल बगाएपछि आवागमनमा समस्या उत्पन्न भएको थियो।
बाढीका कारण क्षतिग्रस्त पुलको विकल्पमा सडक विभाग र नेपाली सेनाको सहकार्यमा बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। नयाँ पुल सञ्चालनमा आएपछि उक्त क्षेत्रको आवागमन सहज बनाउन सहयोग पुगेको छ। भण्डारीको बेत्रावती भ्रमणका क्रममा बाढी प्रभावित क्षेत्रको अवस्था तथा यातायात पूर्वाधारमा पुगेको क्षतिबारे अवलोकन गरिएको जनाइएको छ।
प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार








