२०८३ असोज २७ , मंगलबार

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी



गाजा। इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई दिनमा हमास र इस्लामिक जिहादसँग आबद्ध पाँच जना लडाकु मारिएको दाबी गरेको छ।

त्यस्तै, दक्षिणी गाजाको रफाह क्षेत्रमा गरिएको अर्को हवाई आक्रमणमा हमासको सैन्य शाखाअन्तर्गत नुख्बा फोर्सका दुई सदस्य मारिएको इजरायली सेनाले जनाएको छ।

यसैबीच, गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। इजरायली सेनाले लडाकु मारिएको दाबी गरे पनि गाजाका स्वास्थ्य अधिकारीहरूले भने पछिल्लो आक्रमणमा ज्यान गुमाउनेको विवरण सार्वजनिक गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार