काठमाडौं। जेनजी आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना सन्तानको रिहाइको माग गर्दै आमाहरूले सिंहदरबारअगाडि धर्ना दिएका छन्।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी भएर पक्राउ परेका तथा प्रहरी हिरासतमा रहेका व्यक्तिका आमाहरूले मंगलबार सिंहदरबार प्रवेशद्वारमा बसेर धर्ना दिएका हुन्। उनीहरूले हिरासतमा रहेका आफ्ना सन्तानलाई रिहा गर्न माग गरेका छन्।
प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार






