काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका छन्।
उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका सिलसिलामा विदेश सचिव मिश्री नेपाल आएका हुन्। भ्रमणका क्रममा मिश्रीले आजैदेखि उच्चस्तरीय भेटघाट सुरु गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
उनले प्रधानमन्त्री बालेन शाहसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भारतीय विदेश सचिव मिश्री दुईदिने भ्रमण पूरा गरी बुधबार नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ।
प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार








