२०८३ कात्तिक १९ , बिहीबार

मनोज केसीको नियुक्तिमाथि ओलीको कटाक्ष, भने– ‘अह्राएको काम गर्छन् भनेर बनाएको होला’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरी डा. मनोज केसीलाई नियुक्त गरिएको विषयमा व्यंग्यात्मक टिप्पणी गरेका छन्।

बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले नयाँ आईजीपी नियुक्तिलाई लिएर संक्षिप्त प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘उहाँहरूले अह्राएको काम गर्छन् भनेर बनाएको होला।’ सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर विशेष सल्लाहकार बनाउने निर्णय गरेको थियो।

त्यसलगत्तै रिक्त पदमा डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो। सरकारको उक्त निर्णयपछि प्रहरी नेतृत्व परिवर्तनको विषय राजनीतिक वृत्तमा चर्चामा छ। यसै सन्दर्भमा ओलीको टिप्पणीलाई सरकारको निर्णयप्रतिको व्यंग्यका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार