२०८३ कात्तिक १९ , बिहीबार

नक्कली अध्यापन अनुमतिपत्र पेस गरी नियुक्ति लिने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । जुम्लाको तिला गाउँपालिका–९ स्थित ज्योति माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नक्कली अध्यापन अनुमतिपत्र पेस गरी अनुदान कोटामा करार शिक्षकका रूपमा नियुक्ति लिएको आरोपमा महेन्द्रराज शाहीविरुद्ध बिहीबार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार शाहीले आर्थिक वर्ष २०७८÷७९ मा गाउँपालिकाबाट प्राप्त अनुदानअन्तर्गत निम्नमाध्यमिक तहको अंग्रेजी विषय शिक्षक पदमा नियुक्ति लिन नक्कली अध्यापन अनुमतिपत्र बनाएका थिए। सोही अनुमतिपत्र पेस गरी नियुक्ति लिएको अख्तियारको ठहर छ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार