२०८३ कात्तिक २९ , आइतबार

एनपीएलमा आज दुई खेल हुँदै, चितवन–कर्णाली र काठमाडौं–पोखरा भिड्दै



 काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोज, कर्णाली याक्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन्। अंक तालिकाको चौथो स्थानमा रहेको चितवनले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। यता कर्णाली याक्स भने सातौं स्थानमा रहेको छ।

त्यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स भिड्नेछन्। प्लेअफमा स्थान पक्का गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ भने पोखरा पुछारमा रहेको छ। आजका दुवै खेलले एनपीएलको अंक तालिकामा थप प्रभाव पार्नेछन्। विशेषगरी टोलीहरूको अन्तिम स्थान निर्धारण र प्लेअफ समीकरणका लागि यी खेल महत्वपूर्ण हुनेछन्।

प्रकाशित मिति : २०८३ कात्तिक २९ गते आइतबार