२०८३ साउन ३ , आइतबार

बाल विवाह गर्ने/गराउनेलाई कडा कारबाही गरियोस्ः सांसद कार्की



राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने/गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन्।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले समाजमा बालविवाह ठूलो रोगको रुपमा रहेको भन्दै यस्तो गर्ने गराउनेलाई कडाभन्दा कडा कानूनी कारबाही गरिनुपर्ने बताइन्।

उनले संविधान र कानुनमा बाल विवाहलाई बर्जित गरिएको भएपनि कानून कार्यान्वयन हुन नसकेको भन्दै अहिलेपनि बाल विवाहको दर ३५ प्रतिशत रहेको र मधेस प्रदेशमा त झनै ४२.४ प्रतिशत रहेको भन्दै यसलाई पूर्णरुपमा रोक्नुपर्ने बताइन्।

उनले कुनै कानूनी कमजोरी भए परिमार्जन गर्न पनि सरकारलाई आग्रह समेत गरिन्।

उनले कानुन कार्यान्वयनमा फितलोपन देखाउने प्रशासनलाई पनि कारबाही गर्नुपर्ने बताइन्।

सांसद कार्कीले सरकारले शिक्षा र रोजगारीमा लगानी बढाउनुपर्ने भन्दै विपन्न वर्गलाई सहायता कोषको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहीबार