२०८३ साउन ३ , आइतबार

एकीकृत समाजवादीले पदाधिकारी थप्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने



महाधिवेशनको तयारीमा जुटेको एकीकृत समाजवादीले पदाधिकारी थप्ने भएको छ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो।

अब वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ। ७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

त्यस्तै सचिवमा सातदेखि ९ जनासम्म हुने जनाइएको छ। बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाइने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहीबार