२०८३ साउन २३ , शनिबार

बुढी गण्डकी कोरिडोर विकास प्राधिकरण गठनको माग गर्दै बाबुरामले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र



नेपाल समाजवादी पार्टीले बुढी गण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढी गण्डकी कोरिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा बुढी गण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत् प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ।अधिकार र साधन स्रोत सम्पन्न बुढी गण्डकी कोरिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्व प्रधानमन्त्री डा.भट्टराईले जानकारी दिए। त्यस्तै प्राधिकरणमार्फत समग्र बुढी गण्डकी कोरिडोर विकासका कामहरू तीव्रताका साथ अगाडी बढाउन माग गरिएको छ।

आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई पनि यथाशीघ्र सम्बोधन गर्न ज्ञापन पत्रमार्फत माग गरिएको छ।पूर्व प्रधानमन्त्री भट्टराईले आफूहरूको माग भाद्र महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रबार