सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस के–७ क्लबमा ‘उत्सव र उमंग, सिटी एक्सप्रेससँग’ सांगीतिक कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनले गरेका थिए। टन्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पुर्याएको बताए। उनले सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीको कमाइलाई सुरक्षित रूपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए।
सांगीतिक कार्यक्रममा ल मनि ट्रान्सफरका ब्रान्ड एम्बासडर जितु नेपाल, गायिका मिलन नेवार, शान्तिश्री परियार, गायक खेम सेन्चुरी लगायतका कलाकारले प्रस्तुति दिएका थिए।

Leave a Reply