नेपाल पत्रकार महासंघले संविधानको प्रावधान विपरीत राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको र प्रतिनिधि सभा विघटन सिफारिस सदर गरेको भन्दै विरोध जनाएको छ। यसबाट जनमतको अपमान भएको महासंघको ठहर छ ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ ।’

यसलाई महासंघले अनिष्टको संकेत भनेको छ । ‘महासंघ संविधान विपरीत प्रधानमन्त्रीको नियुक्ति र सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिर र सिद्धान्त विपरीत भएको प्रतिनिधि सभा विघटन संवैधानिक र नागरिक सर्वोच्चता विपरीत रहेको ठहर गर्दै यो कदम लोकतन्त्रका लागि अनिष्टको संकेत हो भन्ने ठान्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।
संविधानले व्यवस्थित गरेका गणतन्त्र, संघीयता, समावेशिता जस्ता उपलब्धिमा आघात पुग्ने आशंका गर्दै महासंघले वर्तमान संविधान र यसबाट प्राप्त उपलब्धिको रक्षार्थ दृढतापूर्वक अगाडि बढन सबै पक्षलाई आह्वान गरेको छ ।
महासंघको विज्ञप्ति :
 
             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            
 
            



 
                                     
                                     
                                     
                                                 
                                                 
                                                 
                                                 
                                                
+ There are no comments
Add yours