गत भदौ २३ र ३४ गते भएको जेनजी आन्दोलनका क्रममा भागेका कैदीमध्ये केही पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५६ जना कैदी पक्राउ परेका छन् । ३४ जना थुनुवा पनि पक्राउ परेका छन् ।
कर्णाली प्रदेशका जुम्ला र रुकुमपश्चिम जिल्ला कारागारबाट ८४ जना कैदी र ५५ जना थुनुवा फरार भएका थिए । अझ पनि २८ जना कैदी र ११ जना थुनुवा फरार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार जुम्ला कारागारबाट २९ जना कैदी र १२ जना थुनुवा फरार भएका थिए । फरार भएका मध्ये १७ जना कैदी र ११ जना थुनुवालाई प्रकाउ परेका छन्। जुम्लाबाट फरार रहेका १२ कैदी र १ जना थुनुवा अझैं पनि फरार छन् ।
रुकुमपश्चिम जिल्ला कारागारबाट फरार भएका ५५ जना कैदीमध्ये ३९ जना पक्राउ परेका छन् । १६ जना कैदीबन्दी अझै फरार छन् । रुकुमपश्चिम जिल्ला कारागारबाट भागेका ३३ जना थुनुवामध्ये २३ जना पकाउ परिसकेका छन् भने १० जना थुनुवा अझैं फरार रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनको फाइदा उठाँदै कारागारबाट भागेका कैदीबन्दी तथा थुनुवाहरुमध्ये केही आफै फर्किएका थिए । जिल्ला भित्र र बाहिरका विभिन्न ठाउँमा लुकेर बसेका तयस्ता व्यक्तिहरुलाई लुकीछिपी बसेकै अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            
 
            



 
                                     
                                     
                                     
                                                         
                                
                         
                                                 
                                                 
                                                 
                                                 
                                                
+ There are no comments
Add yours