२०८३ जेठ १२ , मंगलबार

कर्णाली भ्रमणमा प्रधानमन्त्री



जुम्ला । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणका क्रममा राराताल को अवलोकन सकेर मुगुबाट जुम्ला आएकी हुन् । उनले जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेल का अनुसार प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तय नभए पनि उनको भ्रमण कर्णालीको प्राकृतिक तथा धार्मिक महत्वसँग जोडिएको छ ।

रारा क्षेत्रको अवलोकनपछि उनी जुम्ला पुगेकी हुन स्रोतका अनुसार प्रधानमन्त्री आज जुम्लामा नै बस्ने कार्यक्रम रहेको छ । उनी मुगुबाट जुम्लाको २४ नम्बर बाहिनीमा पुगेकी छन र सोही स्थानमा बास बस्ने तयारी गरिएको छ ।

अाज  बिहान प्रधानमन्त्रीले जुम्लाको ऐतिहासिक तथा धार्मिक स्थल चन्दननाथ मन्दिर मा दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ । उक्त मन्दिर कर्णाली क्षेत्रकै महत्वपूर्ण आस्थाको केन्द्रका रूपमा परिचित छ । कर्णाली प्रदेश नेपालको विकट भूगोलमा पर्ने क्षेत्र भए पनि प्राकृतिक सौन्दर्य, हिमाली जीवनशैली, जडिबुटी, अर्गानिक कृषि र मौलिक संस्कृतिका कारण विशेष पहिचान बोकेको छ ।

राराताल जस्तो विश्वप्रसिद्ध तालदेखि जुम्लाका धार्मिक स्थलसम्म यस क्षेत्रले पर्यटनको ठूलो सम्भावना बोकेको छ । प्रधानमन्त्रीको यो भ्रमणले कर्णालीको विकास, पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विस्तारमा थप ध्यान जाने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार