नेपालगन्ज । बाँके जिल्लाका विभिन्न नदी र खोलामा अवैध रूपमा बालुवा, गिट्टी र अन्य नदीजन्य पदार्थको उत्खनन र ओसारपसार तीव्र रूपमा भइरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको सूचना अनुसार विभिन्न स्थानमा छापा मार्दै आठ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

कोहलपुर नगरपालिकाबाट एक जेसिबी, दुई टिप्पर र एक ट्याक्टर नियन्त्रणमा लिइएको छ भने बैजनाथ गाउँपालिका–२, मैकैवारी क्षेत्रबाट पनि एक जेसिबी, दुई टिप्पर र एक ट्याक्टर कारबाहीका लागि नियन्त्रणमा लिइएको छ। सबै सवारी साधन सम्बन्धित स्थानीय कार्यपालिकामा बुझाइएको छ ।
प्रहरी प्रवक्ता दीपक पातलीका अनुसार अवैध उत्खनन रोक्न नियमित अनुगमन र कारबाही तीव्र बनाइएको छ । साथै, नदी र खोलामा निगरानी बढाइएको छ । स्थानीयले राप्ती नदी क्षेत्रमा क्रसर उद्योगसँगै मनपरी उत्खनन भइरहेको गुनासो पनि व्यक्त गरेका छन् ।








