२०८३ वैशाख ८ , मंगलबार

सुर्खेतमा Ampere Nexus इलेक्ट्रिक स्कुटरको सोरुम सञ्चालनमा



सुर्खेत । कर्णाली प्रदेशमा विद्युतीय सवारी साधनको प्रयोग क्रमशः बढ्दै गइरहेका बेला सुर्खेतमा भारतमा निर्मित Ampere Nexus इलेक्ट्रिक स्कुटरको आधिकारिक सोरुम सञ्चालनमा आएको छ।

उक्त स्कुटरको आधिकारिक विक्रेता अेसिस बिजनेस सेन्टरले साेमबारदेखि औपचारिक रूपमा बिक्री सुरु गरेको जानकारी दिएको छ । उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, सरोकारवाला तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सञ्चालक कृष्णा भण्डारीले कर्णालीमा वातावरणमैत्री यातायातप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै विद्युतीय सवारीको प्रयोगले दीगो विकास र स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताइन् ।

कम्पनीका अनुसार Ampere Nexus स्कुटरमा ३ kWh क्षमताको LFP ब्याट्री जडान गरिएको छ, जसले करिब १०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ । स्कुटरको अधिकतम गति ९३ किलोमिटर प्रतिघण्टा रहेको छ । साथै, आधुनिक प्रविधिसहित विभिन्न सुविधाहरू समावेश गरिएको जनाइएको छ ।

स्कुटरमा ५ वर्ष वा ७५ हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध रहेको छ । यसको मूल्य ३ लाख ३५ हजार रुपैयाँ निर्धारण गरिएको छ । कर्णालीमा विद्युतीय सवारीको पहुँच विस्तार हुँदै गइरहेका सन्दर्भमा यस्ता सोरुमहरूको स्थापना दीर्घकालीन रूपमा लाभदायक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार