२०८३ वैशाख ३० , बुधबार

टेलिफोन सेवा अवरुद्ध हुँदा प्रशासनिक काम ठप्प



जुम्ला ।  हिमा गाउँपालिकामा करिब छ महिनादेखि टेलिफोन सेवा प्रभावकारी नहुँदा गाउँपालिका कार्यालयको कामकाज तथा स्थानीय जनजीवन प्रभावित भएको छ । कस्तुरीभिडमा जडान गरिएको नेपाल टेलिकमको टावरले काम नगरेपछि गाउँपालिका केन्द्र जुगाडसहित आसपासका बस्तीहरू टेलिफोन सेवाबाट वञ्चित भएका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जालान्दर भुसालले सिग्नल नआउँदा ओटीपी कोडसमेत नआउने समस्या रहेको बताए ।

स्थानीयका अनुसार बाजागाडा, बुढा, चिउडी, मर्ची, बड्की लगायतका बस्तीमा फोन सेवा ठप्पजस्तै भएको छ । नेपाल टेलिकम जुम्लाका प्रमुख पारस पुजाराले समस्या समाधानका लागि केन्द्रमा जानकारी गराइएको र पुनः पहल गरिने बताउनुभयो । हाल फोरजीसहितको टावर सञ्चालनमा रहे पनि प्रभावकारी सेवा नदिँदा आर्थिक वर्षको अन्तिम समयमा गाउँपालिका तथा वडा कार्यालयको काम प्रभावित भएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३० गते बुधबार