सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले मदन खड्काको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

अधिवेशनबाट मदन खड्का प्रदेश सभापतिमा चयन भएका छन् । यस्तै उपसभापतिमा तुलाराज शाही, महामन्त्रीमा ललित चन्द तथा सहमहामन्त्रीमा राजबहादुर शाह र लक्ष्मी भट्टराई चयन भएका छन् ।
नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै अधिवेशनमा सहभागी नेताहरूले कर्णालीमा पार्टी संगठन विस्तार, सुशासनको प्रवर्द्धन तथा जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गरेका छन् । सभापति खड्काले पार्टीलाई प्रदेशका सबै जिल्लामा अझ बलियो र व्यवस्थित बनाउँदै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अधिवेशनबाट प्रदेश कार्यसमितिका सदस्यहरूमा कमल रावत, बुधे बुढा, कृष्णबहादुर खड्का, राजेन्द्रप्रसाद शर्मा, आकाश थापा, नवीन खड्का, सन्तोष बुढाथोकी, संगम गौतम, दानबहादुर बुढा, मोहन सुनार, टेकबहादुर चुनारा, गौराकुमारी घर्ती, निर्मला शाही, शिलु थापा, सरस्वती बुढा, खगिसरा बुढा, राधाकुमारी ढकाल, मनकुमारी सुनार, देवी विक, रामप्रसाद पाण्डे, यामराज पन्त र धर्मराज थापा चयन भएका छन् ।








