२०८३ साउन १९ , मंगलबार

कर्णाली प्रदेश निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा मानव बम निर्विरोध



सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासङ्घको अध्यक्ष पदमा मानव बम निर्विरोध निर्वाचित भएका छन् । सुर्खेतमा मङ्गलबार सम्पन्न महासङ्घको ७ औँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट सार्वजनिक अन्तिम नामावली अनुसार बमको अध्यक्ष पदमा एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन भएका हुन् ।

 

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार महासङ्घका अधिकांश पदहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । उपाध्यक्ष पदमा तुलाराज शाही (राज), सचिव पदमा नबिन कुमार थापा, कोषाध्यक्षमा मनोज कुमार सिंह र सहकोषाध्यक्ष पदमा शिमिला खड्का निर्विरोध निर्वाचित भएका छन् ।

यसै गरी कार्यसमिति सदस्यहरूमा मन बहादुर चँदरा, ठान बहादुर भण्डारी, रतन बहादुर शाही र खडक बहादुर शाही निर्विरोध चयन भएका छन् भने पिछडिएको क्षेत्रतर्फको सदस्य पदमा ध्वज बहादुर शाहि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनमा वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा परेका उम्मेदवारीहरू फिर्ता भएकाले हाल ती दुई पदहरू खाली रहेका छन् । बाँकी पदहरूमा निर्विरोध चयन भएसँगै महासङ्घले नयाँ कार्यसमिति पाएको हो ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मंगलबार