सुर्खेत । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका–६ बस्ने २३ वर्षीय मिलन सुनार रहेका छन् ।

प्रहरी नायब निरीक्षक केदार थापाको कमान्डमा खटिएको ४ जनाको प्रहरी टोलीले खोजी गर्ने क्रममा मङ्गलबार दिउँसो सुर्खेतको पञ्चपुरी नगरपालिका–५ स्थित बाबियाचौर बजारबाट सुनारलाई पक्राउ गरेको हो ।
सुनारमाथि गत २०८२ असोज ३० गते राति चौकुने गाउँपालिका–६ गुटु विशाल बजारमा ६४ वर्षीया महिलामाथि जबरजस्ती करणी उद्योग गरी घटनास्थलबाटै फरार भएको अभियोग छ।
घटनापछि फरार रहेका प्रतिवादीको खोजतलासका लागि प्रहरीले विशेष टोली गठन गरेको थियो । पक्राउ परेका सुनारलाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार








