२०८३ साउन २८ , बिहीबार
विचार

बिरानो सहरमा : एक छोरीको लोकसेवा यात्रा



एलिसा बुढा । 

बिहानको पहीलो घामले पुर्वतिरका डाडाँहरुलाई सुनौलो बनाउदै थियो। गाँऊ अझै निन्द्राबाट पुर्णरुपमा ब्युँझिएको थिएन । चराहरुको चिरबिर, गाईवस्तुको आवाज र चिसो हावाले गाँऊको वातावरणलाई जीवन्त बनाइरहेको थियो। यँही गाँऊमा जन्मिएकी थिइन् आरती, सामान्य किसान परिवारकि छोरी आरतिको सपना भने असामान्य थियो।उनी लोकसेवा परिक्षा उतिर्ण गरेर रास्ट्रको सेवा गर्न चाहन्थिन्।

आरतिका बुवा खेतिपाति गर्नुहुनुथ्यो, आमाले घरधन्दा समाल्नुका साथै मेलापातमा गएर परिवारलाई सहोयोग गर्नुहुन्थ्यो, आर्थिक अवस्था कमजोर भएपनि छोरीलाई पढाउने बुवाआमाको इच्छामा कहिल्यै कमि आएन। गाँऊमा धेरैले भन्ने गर्थे ,“छोरीलाई धेरै पढाएर के हुन्छ र ? अन्तत: पराइघर जाने जात हो “। तर आरतिका बुवाले सधै एउटै उत्तर दिनुहुन्थ्यो,” छोरी र छोरामा कुनै भेद छैन। शिक्षा नै उसको सबैभन्दा ठुलो सम्पति हो।

स्नातक तह उतिर्ण गरेपछी आरती लोकसेवाको तयारी गर्न सहर जाने निर्णयमा पुगिन्। गाँऊ छाड्ने दिन आमाको आँखा रसाएका थिए। बुवाले उनको हातमा केही पैसा राख्दै भन्नुभयो “ धेरै छैन “, तर हाम्रो आशा सबै तिमीमै छ। कहिल्यै हिम्मत नहार्नु, नराम्रो बाटो नहिड्नु”।

विरानो सहर आरतिका लागि सपनाभन्दा बढी चुनौतिहरुको ठाऊँ बन्यो। उनले एउटा सानो कोठा भाडामा लिइन, कोठामा एउटा खाट,टेबल र केही पुस्तक मात्र  थियो। साझँ पर्दा झ्यालबाट देखिने सहरहरुका बत्तिहरु उनलाई सुन्दर लाग्यो, तर मनभित्रको एक्लोपन झन् गहिरो हुन्थ्यो।

सहरमा उनी कसैलाई चिन्दिनथिइन्। सरुका दिनहरु निकै कठिन थिए। नयाँ ठाउँ, नयाँ मानिस सिमित पैसा र अनिश्चित भविष्य, महिनाको खर्च धान्न उनले विहान र साझँ केही विद्यार्थिलाई ट्युसन पढाउन थालिन्। बाकी समय पुस्तकालय र अध्ययनमा नै वित्यो।

उनको दिन बिहान ४ बजे सुरु हुन्थ्यो। उनी नास्ता खाएर अध्ययन गर्न बस्थिन् , पुस्तकका प्रत्येक पानासंगै उनको सपना अझ स्पष्ट हुदै जान्थ्यो। कहिलेकाही थकानले शरिर गल्थ्यो , घरको सम्झनाले आखाँमा आसु आउँथ्यो। तर आमाको मुस्कान र बुवाको विश्वाससाथ सम्झिने वत्तिकै उनी फेरी किताब खोल्थिन्।

सार्वजनिक पुस्ताकालय उनका लागी दोस्रो घर जस्तै बन्यो। त्यहाँ देशका विभिन्न जिल्लाबाट आएका धेरै विद्यार्थि भेटिन्थ्ये। सबैको सपना एउटै थियो लोकसेवा पास हुने। त्यही पुस्तकालयमा उनको भेट मुना संग भयो। दुवैको सपना एउटै भएकाले उनीहरु चाडै साथी बने, कठिन विषयमा छलफल गर्थे, उत्तर लेख्ने अभ्यास गर्थे र एक अर्कालाई हौसला दिन्थे।आरतिले बुझिन कि लोकसेवा केबल धेरै किताब पढ्ने परिक्षा होइन ।  यो समयको व्यवस्थापन, धैर्य, अनुशासनर आत्मविश्वासको पनि परिक्षा रहेछ। उनले दैनिक अध्ययन योजना बनाइन्, समाचारपत्र नियमित पढ्न थालिन्, पुराना प्रश्न पत्र समाधान गर्न थालिन्। आफ्ना कमि कमजो। टिपोट गरेर सुधार गर्न लागिन्।

महिनाहरु वित्दै गए, अन्तत: पहिलो पटक लोकसेवा  परिक्षा दिने दिन आयो।  परिक्षा हलमा प्रवेश गर्दा  उनको मुटु  तिव्रगतिमा धड्किरहेको थियो। उनले आफुलाई शान्त बनाइन् र प्रत्येक प्रश्न ध्यानपुर्वक पढेर सबै प्रश्नको उत्तर लेखिन् । परिक्षा सकिए पछी उनलाई केही आशा लागेको थियो। केहि समयपछी नितजा प्रकाशन  भयो। आरतिले उत्सुकताका साथ नतिजा हेरीन् तर उनको नाम त्यहाँ थिएन , एकछिन पछि त उनि स्तन्ध भइन्, वर्षौको मेहेनत व्यर्थ भएको जस्तो लाग्यो। त्यो रात उनि धेरै रोईन्, भोलिपल्ट आमालाई फोन गर्दा आफ्नो दु:ख लुकाउन सकिनन् । आमाले शान्त स्वरका भन्नुभयो,” असफलता भनेको बाटोको अन्त्य होइन” । सफल मानिसहरु पनि धेरै पटक लडेका हुन्छन् फरक यति हो, उनिहरु फेरी उठ्छन्।

आमाको त्यो वाक्यले उनको मनमा फेरी आशाको किरण जगायो। उनले आफ्ना उत्तरपत्र विश्लेशण गरिन् , समय व्यवस्थापन कमजोरी रहेछ भन्ने थाहा पाइन् , उत्तर लेख्ने शैली सुधारिन्, आत्मविश्वास बढाउन समुह छलफलमा सहभागी हुन् थालिन्, बोल्ने कला र अन्तर्वार्ताको तयारीमा पनि विशेष ध्यान दिन थालिन्। दोस्रो वर्ष उनले पहिले भन्दा धेरै मेहेनत गरिन। हरेक दिन निश्चीत समय अध्ययन र लेखन अभ्यासमा खर्चिन थालिन। उनको मेहेनत अब परिपक्क अनुभवसँग जोडिएको थियो।

फेरी परिक्षा आयो। यसपटक उनि परिक्षा हलमा प्रवेश गर्दा उनको मनमा एउटा मात्र विश्वास थियो-आफुले सकेसम्म राम्रो गर्ने। उनले लिखीत परिक्षा सफलता पुर्वक पास गरिन्। त्यसपछी उनी अन्तर्वार्तामा आत्मविश्वासका साथ प्रस्तुत भइन्। देश, समाज, प्रशासन र सार्वजनिक सेवाप्रतिको आफ्नो  दृष्टिकोण स्पष्ट रुपमा व्यक्त गरिन्। केही महिनापछी अन्तिम नतिजा प्रकाशन भयो। कम्प्युटरको पर्दामा आफ्नो नाम देख्नेबित्तिकै उनि केहि क्षण निशब्द भइन् । त्यसपछी आखाँबाट खुसीका आँसु बग्न थाले। उनले तुरुन्त बुवालाई फोन गरिन्।

“ बुवा … म सफल भएँ।“

उताबाट केही क्षण जवाफ आएन। त्यसपछी बुवाको भावुक स्वर सुनियो। “ छोरी आज तिमीले हाम्रो सपना पुरा गरिदियौँ। हामिलाई तिमीमाथी गर्भ छ। त्यो दिन गाँउभर खुसीको समाचार फैलियो। जसले कहिल्यै “ छोरी के नै गर्न सक्छ र ?” भन्ने गर्थे। उनिहरु नै आज आरतिको सफलताको प्रशंसा गरिरहेका थिए । गाँउका धेरै अभिभावकहरुले आफ्ना छोरीहरुलाई उच्च शिक्षा पढाउने प्रेरणा पाएँ।

सरकारी सेवामा प्रवेश गरेपछि पनि आरतिले आफ्नो संघर्ष कहिल्यै विर्सिनन्। सेवाग्रही संग सम्मानपुर्वक व्यवहार गर्थिन्। कार्यालयमा इमान्दारिता, पारदर्शिता र जिम्मेवारीलाई आफ्नो पहिलो कर्तव्य मान्थिन्। फुर्सदको समयमा उनि गाँउगाँउमा पुगेर लोकसेवाको तयारी गरिरहेका विद्यार्थि, विशेषगरी छोराछोरीहरुलाई निशुल्क मार्गदर्शन दिन थालिन्।

एक दिन उनि फेरी आफु बसेको पुरानो सानोको कोठामा पुगिन्। भित्तामा समयले छोडेका दागहरु  अझै थिए। झ्यालबाट उही सहर देखिन्थ्यो, तर आज उनको दृष्टि फरक थियो। त्यही कोठाले उनलाई अभावसँग लड्न सिकाएको थियो। त्यँही  पुस्तकालयले  ज्ञान दिएको थियो। त्यँही विरानो सहरले उनलाई आत्मनिर्भर धैर्यवान् र सफल बनाएको थियो। आरतिले मुस्कुराउदै सोचिन मानिसलाई गन्तव्यमा पुर्यार्ने शक्ति काल भाग्यमा होईन निरन्तर मेहेनत, अनुशासन, धैर्य र आफ्ना सपना माथिको अटल विश्वासमा हुन्छ।

उनको कथा एउटा व्यक्तिको कथा मात्र होइन् , यो हरेक व्यक्ति छोरीको कथा हो। जसले समाजका पुर्वाग्रह, आर्थिक अभाव र अनगिन्ति चुनौतिका बिच पनि आफ्नो सपना त्याक्दिन् उनलाई धेरै पटक एक्लो बनायोँ तर त्यँही एक्लोपनले उनको आत्मविश्वासलाई बलियो बनायो। संघर्षले उनको परिक्षा लियो तर उनको साहसलाई हराउन सकेन्।

अन्तत: आरतिले प्रमाणीत कि लोकसेवा केवल जागिर प्राप्त गर्ने माध्यम होईन्।यो समाज र राष्ट्रप्रति उत्तरदायित्व भएर सेवा गर्ने अवसर हो। सपना ठुलो भएमा बाटो कठिन् हरन सक्छ, तर निरन्तर प्रयास गर्ने मानिसको लागी कुनै पनि विरानो सहर एक दिन आफ्नै सफलताको सहर बन्न सक्छ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार