२०८३ भदौ ३ , बुधबार

भेरी नदीमा एक पुरुषको शव फेला



सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–४ घुमाउनेस्थित भेरी नदीमा बेवारिसे पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार मंगलबार साँझ स्थानीयले नदीमा अन्दाजी २५–३० वर्ष उमेर देखिने पुरुषको शव फेला परेको जानकारी गराएका थिए ।

सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट तरंगाबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर विष्टको कमान्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमान्डमा सात जनाको प्रहरी टोलीसमेत घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । पहिचान खुल्न नसकेको शवलाई पोस्टमार्टमका लागि मंगलबार राति करिब ११ बजे प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको थियो ।  शवको पहिचान तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार