सुर्खेत । वीरेन्द्रनगर तल्लोबजारस्थित स्मार्ट होम इलेक्ट्रोनिक्स सोरूम सञ्चालनमा आएको छ । सोरूममा यशोदा, Samsung,Lg, ब्रान्डका सबै प्रकारका सामान उपलब्ध गराइनुका साथै ग्राहकलाई लक्षित गरी विशेष छुट र शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा ल्याइएको छ।

सोरूममा टीभी, फ्रिज, वासिङ मेसिन, एसीलगायत घरायसी विद्युतीय सामग्रीका साथै इलेक्ट्रिक चुलो, मिक्सर, चिम्नी र वाटर प्युरिफायरजस्ता किचन अप्लायन्सेस उपलब्ध छन् । ग्राहकले आफूलाई आवश्यक सामग्री प्रत्यक्ष रूपमा हेरेर, बुझेर र छनोट गरेर खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
सोरूमका सञ्चालक नितेश केसीका अनुसार दसैँको अवसरमा ग्राहकलाई सहज रूपमा घरायसी सामग्री खरिद गर्ने वातावरण बनाउन विशेष छुट तथा फाइनान्स सुविधा ल्याइएको हो। टीभी, फ्रिज, एसी र वासिङ मेसिनलगायत सामग्रीसँगै इमस्टारका टीभी, फ्रिज, एसी र वासिङ मेसिनमा पनि फाइनान्स सुविधा उपलब्ध रहेको उनले बताए। उनका अनुसार तोकिएका सामग्री शून्य प्रतिशत ब्याजदर तथा शून्य प्रतिशत सुविधासहित फाइनान्समा खरिद गर्न सकिनेछ।

दसैँ अफरअन्तर्गत सोरूमले स्क्र्याच कुपन योजना पनि सञ्चालन गरेको छ। योजनामा ८० भन्दा बढी पुरस्कार राखिएका छन्। ग्राहकले कुपन स्क्र्याच गर्दा एक हजार रुपैयाँदेखि ३९ हजार ९ सय ९९ रुपैयाँसम्मका पुरस्कार जित्न सक्नेछन्। सामसङका सामग्री खरिद गर्ने ग्राहकका लागि लक्की ड्रको व्यवस्था पनि गरिएको सोरूमले जनाएको छ।
दसैँसम्म सामान खरिद गर्ने ग्राहकलाई अधिकतम छुट उपलब्ध गराइने सञ्चालक केसीले बताए । ग्राहकले बजारमा अन्य पसलका मूल्य र सुविधासँग तुलना गरेर आफ्नो आवश्यकता तथा बजेटअनुसार सामग्री छनोट गर्न सक्ने उनको भनाइ छ ।
यसैबीच, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले युवाहरू रोजगारी खोज्ने मात्र नभई आफ्नै व्यवसाय सुरु गरेर अरूका लागि समेत रोजगारीका अवसर सिर्जना गर्न अग्रसर हुनुपर्ने बताए । नयाँ सोच र योजनासहित व्यवसायमा प्रवेश गर्दा आर्थिक आत्मनिर्भरता बढ्नुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनको भनाइ छ ।
एउटै छानामुनि विभिन्न ब्रान्डका सामग्री उपलब्ध गराउने र ग्राहकलाई प्रत्यक्ष रूपमा सामान हेरेर छनोट गर्ने सुविधा दिने व्यवसायको प्रयास सकारात्मक रहेको खड्काले बताए। आवश्यक घरायसी सामग्री खरिद गर्दा फाइनान्स सुविधाले उपभोक्तालाई सहज बनाउन सक्ने उनको भनाइ छ ।








