२०८३ भदौ ८ , सोमबार

तीन दिनपछि हुम्लामा हवाई सेवा सुचारु



हुम्ला । लगातारको वर्षा र प्रतिकूल मौसमका कारण तीन दिनदेखि अवरुद्ध हुम्लाको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । मौसममा सुधार आएपछि नेपालगन्जबाट सिमकोटका लागि उडान सञ्चालन गरिएको सीता एयर हुम्लाका सहइन्चार्ज सूर्य लामाले जानकारी दिए । उनका अनुसार शुक्रबारदेखि रोकिएको हवाई सेवा आइतबारबाट पुनः सञ्चालनमा आएको हो ।

नेपालगन्जबाट सीता, समिट र तारा एयरले सिमकोटका लागि एक–एक उडान भरेका छन् । उडानमार्फत मानसरोवर–कैलाश यात्रामा जाने भारतीय धार्मिक पर्यटकसँगै हुम्लाका स्थानीयले पनि यात्रा गरेका छन् । त्यसैगरी, सिमकोटबाट नेपालगन्ज जाने यात्रुले समेत हवाई सेवा पाएका छन् । मौसम अनुकूल बनेसँगै जिल्लाको नियमित हवाई सेवा सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार