सुर्खेत । भारतको बैंगलोरमा रहेको प्रवासी नेपाली सम्पर्क मञ्च अक्षयरनगर एरिया समितिले रसुवा बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ । समितिका प्रवक्ता हृदयेश बमका अनुसार, समितिका तर्फबाट ५५ हजार ६८० रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिएको हो ।
‘आफ्नो देश गहिरो पीडामा परेका बेला हामी रोजगारीका सिलसिलामा बैंगलोरमा रहेका नेपालीहरू मिलेर सानै भए पनि पीडामा मलम लागोस् भनेर रकम जम्मा गरेका हौँ,’ बमले भने । विपत्तिमा परेका नेपालीका लागि सानो सहयोग, ठूलो आशा बन्ने पनि उनले बताए ।
प्रकाशित मिति : २०८३ भदौ १५ गते सोमबार









