२०८३ भदौ १५ , सोमबार

भोटेकोशी बाढीपीडितका लागि वीरेन्द्रनगर सहकारीको एक लाख एक हजार सहयोग



सुर्खेत । रसुवा लगायत जिल्लामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका सुर्खेतस्थित वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्दै विपद्मा परेका नागरिकको राहत र पुनःस्थापनामा ऐक्यबद्धता जनाएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्र थापाले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित समुदायलाई सहयोग गरिएको जानकारी दिए । संस्थाले बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित सबै निकाय तथा नागरिकमा संस्थाले अपिल गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद् तथा सामाजिक कार्यमा यसअघि पनि सहयोग गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १५ गते सोमबार