दक्षिण कोरिया । कर्णालीको मौलिक लोकसंस्कृति, डेउडा र लोकसंगीतलाई प्रवासमा प्रवद्र्धन गर्दै सामाजिक सेवासँग जोड्ने उद्देश्यले कर्णाली प्रदेश समाज दक्षिण कोरियाले ‘रारा सांगीतिक सौगात–२’ लोक तथा डेउडा साँझ आयोजना गर्ने भएको छ।

कोरियालीहरूको प्रमुख पर्व छुसकको अवसर पारेर आगामी सेप्टेम्बर २६, २०२६ मा आयोजना हुने कार्यक्रमबाट संकलित रकम कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, विपन्न तथा असहाय विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग र संस्थाको आपत्कालीन राहत कोष सुदृढीकरणमा उपयोग गरिने आयोजकले जनाएको छ।
कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीलाई कर्णालीको माटो, भाषा, संस्कृति र सामाजिक दायित्वसँग जोड्ने लक्ष्यसमेत राखिएको छ। डेउडा, लोकसंगीत तथा सांस्कृतिक प्रस्तुतिसँगै कार्यक्रमलाई मनोरञ्जनभन्दा सामाजिक सेवाको अभियानका रूपमा अघि बढाउने आयोजकको भनाइ छ।
‘रारा सांगीतिक सौगात–२’ मा नेपालबाट आमन्त्रित चर्चित कलाकारसँगै दक्षिण कोरियामा रहेका स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहनेछ। कार्यक्रममा गायिका ईब्सल सन्ज्याल, लोक तथा डेउडा गायिका गौरी भट्ट, लोक तथा डेउडा गायक कमल बिरही थापा, गायक युवराज शर्मा, गायिका गीता चनारा, लोकगायक पृथ्वी मगर तथा डान्सर शारदा पुन लगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ।
कार्यक्रम सेप्टेम्बर २६ मा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम 성동차차차 스텐드빠 나이트, 서울특별시 중구 흥인동 ज्ञछ번지 मा आयोजना हुने जनाइएको छ। आयोजकका अनुसार कार्यक्रमस्थल सउल मेट्रो लाइन २र६ अन्तर्गत 신당역 ९क्ष्लमबलन क्तबतष्यल० गेट नं। १२ बाट करिब २०० मिटर अगाडि रहेको छ।
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले छुसकको अवसरमा दक्षिण कोरियामा रहेका नेपाली तथा नेपाली लोकसंगीतप्रेमीलाई कार्यक्रममा सहभागी भई कर्णालीको कला, संस्कृति र सामाजिक अभियानमा साथ दिन आग्रह गरेको छ।








