२०८३ असोज १ , बिहीबार

तातोपानी पाँचमा बालमैत्री वडा घोषणाको तयारी



जुम्ला । तातोपानी गाउँपालिका पाँचमा बालमैत्री स्थानीय शासन वडा घोषणा पूर्व दिगोपनका लागि रणनीति योजना तयारी कार्यशाला गोष्ठी सुरु भएको छ । तातोपानी गाउँपालिकाका आठ वडामध्ये पहिलो चरणमा वडा नं तीन र पाँच लाई चालु आर्थिक वर्षभित्र बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने अभियान सञ्चालन भइरहेको छ । सोही अभियानअन्तर्गत बालमैत्री स्थानीय शासनका सूचकहरूको कार्यान्वयन अवस्था समीक्षा तथा आगामी रणनीति तय गर्न दुईदिने कार्यशाला आयोजना गरिएको हो ।

बुधबार वडा नं पाँच अन्तर्गतका विभिन्न सरोकारवालाको सहभागितामा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकको कार्यान्वयन अवस्थाबारे छलफल गरिएको थियो । अधिकांश सूचक करिब ९० प्रतिशत पूरा भइसकेको जनाउँदै बाँकी सूचकहरू पनि शतप्रतिशत पूरा गर्न वडा तथा गाउँपालिकाका सबै सरोकारवालालाई सक्रिय बनाउने विषयमा छलफल भएको छ ।

गाउँपालिकाको समन्वयमा सेभद चिल्डे्रनद्धारा जनामार्फत कार्यशाला आयोजना गरिएको हो ।कार्यशालाको पहिलो दिन सहयात्रा तशालामा बालबालिकासँग सम्बन्धित विभिन्न सवालमा गहन छलफलसमेत भएको थियो । पोषण, खाद्य सुरक्षा, खानेपानी तथा सरसफाइ, कृषि तथा पशुपेस्रो परियोजनाका संयोजक प्रकाश शाही, महिला तथा बालबालिका शाखा प्रमुख शान्ति सेजुवाल, पोषण सहजकर्ता पार्वती गौतम विष्ट र किर्डाक नेपालका बालमैत्री स्थानीय शासन अभियान अधिकृत धनबहादुर विष्टले ५१ वटा सूचकको कार्यान्वयन अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यशालामा बालबालिकासँग सम्बन्धित विभिन्न सवालमा गहन छलफलसमेत भएको थियो । पोषण, खाद्य सुरक्षा, खानेपानी तथा सरसफाइ, कृषि तथा पशुपन्छी लगायतका क्षेत्रमा बाँकी सूचक पूरा गर्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । तातोपानी गाउँपालिकाले वडा नं तीन र पाँच लाई चालु आर्थिक वर्षभित्र बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने लक्ष्यसहित अभियानलाई तीव्रता दिएको छ । दुईदिने कार्यशाला बिहीबार सम्पन्न हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८३ असोज १ गते बिहीबार