२०८३ असोज ३ , शनिबार

धनञ्जय सहकारीको २०औँ साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति निर्विरोध चयन



सुर्खेत । धनञ्जय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ।

साधारणसभाको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका, सुर्खेतका उपप्रमुख नीलकण्ठ खनालले सहकारीले आर्थिक पहुँचबाट बाहिर रहेका समुदायलाई आर्थिक पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

उहाँले सदस्यहरूको आवश्यकता र मागमा आधारित कार्यक्रम सञ्चालन गर्दै साना तथा स्वरोजगारमुखी व्यवसायलाई अघि बढाउन सहकारीले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सहकारी संघ सुर्खेतका अध्यक्ष प्रकाश तिमिल्सिनाले सहकारीप्रतिको विश्वास कायम राख्न सञ्चालक समिति र सदस्य दुवैको समान भूमिका रहने बताउनुभयो।

सहकारीको दिगोपन र प्रभावकारिताका लागि पारदर्शिता, उत्तरदायित्व र सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो। भलाराम पगालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा संस्थाका कोषाध्यक्ष दयाराम पङ्गालीले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा संस्थाको आर्थिक अवस्था, गतिविधि, आगामी कार्ययोजना तथा सदस्यकेन्द्रित कार्यक्रमका विषयमा छलफल भएको थियो।

साधारणसभाले संस्थाको नेतृत्वका लागि नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको हो। अध्यक्ष देबेन्द्र रिजाल , उपाध्यक्ष डिला धमला ,सचिब यामप्रसाद शर्मा, कोषाध्यक्ष नवराज ढुंगाना ,सदस्यहरु चन्द्रा भण्डारी , देबि कुमारी आचार्य ,भुपेन्द्र पगेनी ,टक रिजाल , ऋषि प्रसाद रिजाल , निता रिजाल ,यामलाल पगाली निर्वाचित भएका छ्न ।

त्यसैगरी लेखा सुपरीवेक्षण समिति सयोजकमा दयाराम पगाली सदस्यहरुमा भवानी प्रसाद पौडेल र यामुना चालिसे निर्विरोध चयन गरिएको छ। निर्विरोध चयन भएको नयाँ समितिले सहकारीको संस्थागत सुशासन, सदस्यको आर्थिक हित र स्थानीयस्तरमा उत्पादन तथा स्वरोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

सहकारीले आगामी दिनमा सदस्यको माग र आवश्यकतामा आधारित सेवा विस्तार गर्दै बचत तथा ऋणसँगै उद्यमशीलता, साना व्यवसाय र आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार