काठमाडौं । पाकिस्तानको पेशावरस्थित एक निजी विद्यालयको छाना भत्किँदा एक शिक्षकसहित ३३ जना विद्यार्थीको मृत्यु भएको छ। लेडी रेडिङ अस्पतालले घटनामा ३४ जनाको मृत्यु भएको पुष्टि गरेको हो।
स्थानीय अधिकारीहरूका अनुसार पेशावरको दिर कोलोनीस्थित अल–खैर विद्यालयमा बिहीबार बिहान ८ः४८ बजे दुर्घटना भएको थियो।घटनापछि प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेको जनाएको छ। उक्त विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालन हुँदै आएको बताइएको छ। दुर्घटनामा ज्यान गुमाउने अधिकांश विद्यार्थी ६ देखि १२ वर्ष उमेर समूहका रहेको जनाइएको छ। विद्यालयको छाना भत्किनुको कारणबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।
प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार








