२०८३ कात्तिक १५ , आइतबार

एनपीएलमा आज जनकपुर र पोखराबीच रोमाञ्चक भिडन्त



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो पकड बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। जनकपुरको कप्तानी हरमित सिंहले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्। दुवै टोलीमा इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली, शाकिब अल हसन र महेदी हसनजस्ता चर्चित अन्तर्राष्ट्रिय खेलाडीको उपस्थिति छ।

यसअघि शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो। वर्षाका कारण पाँच ओभरमा सीमित अर्को खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सले भने अंक बाँडेका थिए। आजको खेलमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते आइतबार