काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्यका उम्मेदवार छनोट गर्न आवेदन खुला गरेको छ।
पार्टीले ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको हो। रास्वपाको स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन पार्टीले विभिन्न जिम्मेवारीसहित उपसमितिहरूसमेत गठन गरेको छ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, समावेशी र प्रभावकारी बनाउने उद्देश्यसहित क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गरेको जनाएको छ।
कुन समितिको संयोजक को ?
क) क्यान्डिडेट क्लब : कविन्द्र बुर्लाकोटी
ख) प्रविधि : सुशान्त वैदिक
ग) गुनासो समन्वय : जनकसिंह धामी
घ) समावेशिता तथा महिला सहभागिता : डा. तोसिमा कार्की
ङ) क्षमता विकास समन्वय : टासी ल्हाजोम
च) व्यवस्थापन : रहबर अन्सारी
छ) प्रचारप्रसार : मिलन लिम्बू








