काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।
यसअघि गत वर्षको माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो। यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदीको भाउ प्रतितोला १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : २०८३ कात्तिक १५ गते आइतबार








