काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो।
महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। आइतबार भने सुनको मूल्यमा ८ हजार ३ सय रुपैयाँले गिरावट आएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोला ७० रुपैयाँले वृद्धि हुँदै ३ हजार ७२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : २०८३ कात्तिक १६ गते सोमबार








