काठमाडौं। सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अवतरणका क्रममा दुई हेलिकोप्टरका पंखा आपसमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्। उनका अनुसार घटनाबारे थप विवरण संकलन तथा अनुसन्धान भइरहेको छ। दुर्घटनाको यकिन कारण भने खुल्न बाँकी छ।
प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार








