२०८३ कात्तिक १७ , मंगलबार

दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै



 काठमाडौं । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएको छ।

करिब दुई सातापछि प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार