२०८३ कात्तिक १७ , मंगलबार

माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा



काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध सार्वजनिक जग्गा छुट दर्ता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस गरेको छ।

अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराई छुट दर्ता गरिएको विषयमा कैफियत देखिएको भन्दै नेपालविरुद्ध मुद्दा पेस गरेको हो। उक्त प्रकरणमा सार्वजनिक जग्गा छुट दर्ता गराउने निर्णय प्रक्रियामा अनियमितता भएको अख्तियारको दाबी छ। हाल मुद्दा विशेष अदालतमा रुजु हुने क्रममा रहेको जनाइएको छ।

नेपालविरुद्ध यसअघि पतञ्जली जग्गा प्रकरणमा पनि भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छ।यससँगै पूर्वप्रधानमन्त्री नेपालविरुद्ध विशेष अदालतमा दुईवटा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन प्रक्रियामा पुगेका छन्। अख्तियारले लगाएका आरोपबारे अदालतबाट अन्तिम फैसला हुन बाँकी छ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार