२०८३ कात्तिक १७ , मंगलबार

विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य



काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७४ रन बनायो।विराटनगरका तीन खेलाडीले अर्धशतक बनाए। लोकेश बमले ५०, इमरान शेखले ५६ रन जोडे भने आन्द्रे रसेल ५२ रनमा अविजित रहे।

जनकपुरका बलर अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए। अब जनकपुरले खेल जित्न २० ओभरमा १७५ रन बनाउनुपर्नेछ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार