२०८३ कात्तिक १८ , बुधबार

रारा घुम्न गएका १२ पर्यटक जङ्गलमा अलपत्र, राति १० बजे सेनाले गर्‍यो उद्धार



मुगु । रारा ताल घुम्न आएका १२ जना आन्तरिक पर्यटकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेका पर्यटकलाई नेपाली सेनाको हनुमानध्वज गुल्म राराको टोलीले उद्धार गरेको हो। हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारीबाडाका १२ जना पर्यटक रारा भ्रमणका क्रममा बाटो बिराएपछि चुच्चेमारा जङ्गलमा अलपत्र परेका थिए।

पर्यटक अलपत्र परेको सूचना प्राप्त हुनासाथ नेपाली सेनाले तत्काल उद्धार टोली परिचालन गरेको गुल्मपति श्रेष्ठले जानकारी दिए। उद्धारमा खटिएको सेनाको टोलीले राति करिब १० बजे सबै पर्यटकलाई सकुशल उद्धार गरी सल्लेरीस्थित होटलसम्म पु¥याएको उनले बताए।

चुच्चेमारा क्षेत्रमा पर्यटक अलपत्र परेको जानकारी पाएलगत्तै नेपाली सेनाले सक्रियता देखाउँदै तत्काल उद्धार कार्य सञ्चालन गरेको हो। समयमै उद्धार गरिएकाले सबै पर्यटक सकुशल रहेका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार