२०८३ कात्तिक १८ , बुधबार

सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबारको बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको देखिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार